काठमाडौं, शाहरुख खानको फिल्म ‘जवान’ले अझै पनि निकै कमाई गरिरहेको छ । चौथो साता हलमा चलिरहेको यो फिल्मरले धेरै ठूला कमाईको कीर्तिमान आफ्नो नाममा राखेको छ र अझै पनि यसको कमाइ जारी छ ।

२३ दिनमा ५ सय ८७ करोड कमाएको ‘जवान’ले शनिबार बक्स अफिसमा फेरि एकपटक ठूलो फड्को मारेको छ । सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको शाहरुखको फिल्म अहिले पनि कीर्तिमानी गतिमा अगाडि बढिरहेको छ र विगत ४ वर्षदेखि कायमै रहेको रेकर्ड तोडेको छ ।

चौथो शुक्रबार शाहरुखको फिल्मले ५ करोडभन्दा बढी कमाएको थियो । अब ट्रेड रिपोर्टले बताएअनुसार शनिबार ‘जवान’ को कमाईमा फेरि एक पटक ठूलो उछाल आएको छ। २४ औं दिन फिल्मको कमाईमा ८० प्रतिशतले उछाल आएको छ । शनिबार फिल्मले ९ देखि १० करोड सम्मको कलेक्सन गरेको छ । अहिले भारतमा फिल्मको कुल नेट कलेक्सन करिब ५९६ करोड रुपैयाँ पुगेको छ ।

२४ औं दिन बक्स अफिसमा सर्वाधिक कमाई गर्ने कीर्तिमान विक्की कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’को नाममा थियो । विक्कीको फिल्मले २४ औं दिनमा ८.९२ करोड कमाएको थियो । अब ४ वर्षपछि यसको रेकर्ड शाहरुखको फिल्मले तोडेको छ ।

यस वर्ष शाहरुखको स्टारडम नयाँ उचाइमा पुगेको छ । तीन खान सुपरस्टारहरू मध्ये, आमिर खान बक्स अफिसको सीमा बढाउनमा सबैभन्दा अगाडि छन्। उनले ‘गजनी’ बाट बलिउडमा १०० करोड क्लब सुरु गरेका थिए । २०० करोड क्लबको सुरुवात आमिरको ‘थ्री इडियट्स’ बाट भएको थियो भने ३०० करोड क्लबको सुरुवात ‘पीके’ बाट भएको थियो । त्यसपछि भने १००–२०० र ३०० करोड कमाउने अधिकांश फिल्म सलमान खानको नाममा छन् ।

यो वर्ष शाहरुखको स्टारडम अचम्मको स्तरमा गइरहेको छ । उनको कमब्याक फिल्म ‘पठान’ ले पहिलो पटक बलिउडका लागि ४०० करोड र ५०० करोड क्लबको ढोका खोल्यो। शाहरुखको पछिल्लो फिल्म ‘जवान’ ले उनको अघिल्लो फिल्मभन्दा अगाडि बढेर ६०० करोड क्लब सुरु गर्न लागेको छ । फिल्मको आइतबारको कमाइले यो फिल्म ६०० करोड क्लवमा पुग्नेछ । यो भारतको मात्र कमाइ हो ।

शनिबारको कमाईसँगै ‘जवान’ले शाहरुखको अघिल्लो फिल्म ‘पठान’लाई विश्वव्यापी बक्स अफिसमा पछाडि छोडेको छ । ‘पठान’ को विश्वव्यापी कुल कलेक्सन १०५० करोड रुपैयाँ थियो । जहाँ २४ दिनपछि ‘जवान’को विश्वव्यापी कमाइ १०५२ करोड रुपैयाँ नजिक पुगेको छ । अब यो बलिउडको सबैभन्दा ठूलो फिल्म पनि बनेको छ ।

शनिबारसम्म भारतमा मात्र ५९६ करोड कमाएको ‘जवान’ले आइतबारको कमाईपछि भारतमा ६ सय करोड रुपैयाँको नेट कलेक्शनको ठूलो आंकडा सजिलै पार गर्नेछ । यो उचाइमा पुग्ने यो पहिलो बलिउड फिल्म हुनेछ । भारतमा मात्र २५ दिनमा ६०० करोड कमाउनु कुनै पनि फिल्मका लागि ठूलो कुरा हो । अब शाहरुखको फिल्म कति दिनमा ६५० करोडमा पुग्छ र यसको लाइफटाइम कलेक्सन कतिसम्म पुग्छ त्यो हेर्नु रोचक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर