काठमाडौं उपत्यकामा आज दिनहुँ जाडो बढ्दै गएको छ ।

आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको छ ।‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो’, मौसविद् गोविन्द झाले भने।

गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री तथा शनिवार २.९ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।

तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए ।
बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने भैसकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर