क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ को नेपालमा प्रयोगशाला परीक्षण सफल भएको दाबी गरिएको छ ।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो ।

रिजेनरेटिभ मेडिसिनको सीडी-१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्यूटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा. सञ्जीवन गौतमले बताए ।

गौतमका अनुसार अतिउच्च प्रविधियुक्त यस उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो ।

प्रयोगशालामा सफल कार-टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्य्राक्टिस प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य सेन्टर फर रिजेनरेटिभ मेडिसिनको रहेको छ ।

‘कार-टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ । नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ,’ डा. गौतमले भने ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्शन -सीडीसी) ले यो प्रविधिलाई सात वर्षअघि प्रमाणित गरेको थियो ।

त्यसपश्चात संसारका अन्य देशमा पनि यसको परीक्षण भएको छ । अनुसार यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महँगा र जटिल प्रविधियुक्त हुन्छन् ।

नेपाली प्रयोगशालामा सफल परीक्षण गरिएको कार-टी सेललाई प्रयोगमा ल्याउन कम्तीमा एक वर्ष लाग्ने यसमा संलग्न वैज्ञानिकहरूको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर