नेपाली क्रिकेट टोलीकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा कीर्तिमानी अर्धशतक प्रहार गरेकी छिन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनाएको छ ।
नेपालकी रुविना क्षेत्री ४४ बलमा ६ चौका र २ छक्कासहित ७५ रनमा क्रिजमा छिन् ।
रुविनाको महिला टी-२० आईमा यो दोस्रो अर्धशतक हो । यसअघि उनले २०२१ नोभेम्बरमा कतारविरुद्ध ५० रन बनाएकी थिइन् ।










