सोमबार साढे १० बजे कम्प्युटर साइन्स अलुम्नाइ एसोसिएसनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा प्रदर्शन गर्ने भएको छ । एसोसिएसनले त्रिवि कार्यकारी परिषद्ले शुल्क बढाउने गरेको निर्णय सच्याउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको छ ।
त्रिवि कार्यकारी परिषद्ले विनियमावली बनाएरै शुल्क बढाउने निर्णय गरेपछि कप्युटर विज्ञान तथा प्रविधि केन्द्रीय विभाग र विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयले निर्णय सच्याउन अनुरोध गरेको थियो । तर यी अनुरोधलाई परिषद्ले बेवास्ता गरेको भन्दै एसोसिएसनले ३ माघबाट विभिन्न चरणको आन्दोलनको गर्दै आइरहेको छ ।










