बलिउड अभिनेता रणवीर सिंहले शक्तिमानमा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले सन् २०२५ मा यो फिल्मको सुटिङ सुरु गर्नेछन् ।

अहिले उनी रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’को छायांकनमा व्यस्त छन्, जुन समाप्तिको क्रममा छ । मार्च २०२५ पछि शक्तिमानको छायांकन सुरु गर्ने उनको तयारी छ । त्यसअघि उनले दुई ठूला फिल्म ‘सिंघम अगेन’ र ‘डन ३’ को सुटिङ गर्दैछन् ।

अहिले रणवीर रोहित शेट्टीको निर्देशनमा बनेको कप-युनिभर्स ‘सिंघम अगेन’को सुटिङ तयारीमा छन् । ५० दिनको छायांकन तालिकालाई उनले अप्रिलसम्ममा पूरा गर्नेछन् । उनले फिल्मको केही भागको सुटिङ गरिसकेका छन् । यसमा उनको केमियो भूमिका छ । फिल्ममा अजय देवगण-करिना कपुर मुख्य भूमिकामा छन्, जसमा रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, अर्जुन कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर