बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् ।

विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । जसको तस्बिर समेत उनीहरूले सामाजिक सञ्जालमा शेयर गरेका छन् । सार्वजनिक तस्बिरमा विवाहित जोडीले खुल्ला गार्डेनमा सातफेरो लिएको देख्न सकिन्छ ।

रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्। रकुलले सन् २००९ मा कन्नड फिल्म ‘गिली’ बाट अभियनमा डेब्यू गरेकी थिइन्। उनले सन् २०१४ मा ‘यारियाँ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

ज्याकीले ‘कठपुतली, गणपत, मिसन रानीगन्ज, बडे मिया छोटे मिया’ लगायत फिल्म निर्माण गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर