नेपाली समाजमा मांसाहारी जति छन् त्यत्तिकै शाकाहारी पनि छन् । पछिल्लो समयमा मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिलाई भिटामिन बी १२ को कमी हुने गरेको पाइएको छ। भिटामिन बी १२ कमी भएका व्यक्तिहरु विभिन्न रोगका सिकार बनेका छन्।

भिटामिन बी-१२ लाई ‘कोबालामिन’ पनि भनिन्छ । यसले स्नायु प्रणाली, रातो रक्तकोषिका निर्माण र डीएनए संश्लेषणसहित धेरै शारीरिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ ।  वास्तवमा, यसको कमीले कुनै पनि उमेर, लिङ्ग वा भौगोलिक स्थानका मानिसलाई असर गर्न सक्छ । भिटामिन बी-१२ को कमीले मानसिक स्वास्थ्य समस्या, हृदयरोग र मृत्यु समेत हुनसक्छ । यस साइलेन्ट किलरबाट बच्न समय-समयमा शरीरमा यसको उपस्थिति जाँच गर्नुपर्छ ।

भिटामिन बी-१२ को कमीका लक्षण सूक्ष्म हुन्छन् । थकान, कमजोरी र चक्कर लाग्ने आदि भिटामिन बी-१२ को कमी हुँदा देखिने प्रारम्भिक लक्षण हुन् ।

यसको कमी बढ्दै जाँदा, थप गम्भीर लक्षणहरू देखा पर्न सक्छन् । शरीरका अंगहरु सुन्निने, रिंगटा लाग्ने र हिंड्न गाह्रो हुने जस्ता न्युरोलोजिकल लक्षणहरू पनि देखा पर्छन्

भिटामिन बी १२ माछा, मासु, दही, दूध तथा पनिरमा पाइन्छ। मासु तथा दूधबाट बनेका परिकारहरु पर्याप्त खान नपाएमा प्रत्येक तीन महिनामा सुईबाट भिटामिन लिन सकिन्छ। यो सुविधा सबै अस्पतालहरुमा पाइन्छ।

भिटामिन बी १२ दही, दूध तथा पनिरजस्ता शाकाहारी भोजनमा पनि पाइन्छ। तर शाकाहारी व्यक्तिले यस्ता भोजनको मात्रा नमिलाउँदा उनीहरूमा हातखुट्टा झमझमाउने, नसाको समस्या, आँखाको ज्योति कम हुने, स्मरणशक्ति कमजोर हुने, थकाइ लाग्ने र रगतको कमी हुने जस्ता समस्या देखिन सक्छन्।

भिटामिन बी–१२ कुन कुन खानामा पाइन्छ ?

सोयाबीन

सोयाबिनमा भिटामिन बी–१२ प्रचुर मात्रामा पाइन्छ । यो कमीलाई हटाउन सोया मिल्क, तोफु वा भटमासको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ।

अण्डा

अण्डा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी भिटामिन B-12 को कमी हटाउन मद्दत गर्दछ। त्यसैले नियमित रूपमा कम्तीमा २ अण्डा खानुपर्छ । यसले शरीरमा भिटामिन बी-१२ को कमीलाई हटाउँछ।

दूध

आफ्नो आहारमा दूध समावेश गर्नुहोस्। यसमा सबै पोषक तत्वहरू साथै भिटामिन बी-१२ राम्रो मात्रामा पाइन्छ। शरीरमा भिटामिन बी–१२ को कमी पनि यसको सेवनले पूरा गर्न सकिन्छ ।

पनीर

पनीरको सेवनले शरीरलाई प्रोटिन र क्याल्सियम मात्र उपलब्ध गराउँदैन, भिटामिन बी–१२ पनि प्रशस्त मात्रामा पाइन्छ । शाकाहारीहरूका लागि पनीर उत्तम विकल्प हुन सक्छ।

माछा

भिटामिन बी-१२ को कमीलाई हटाउन खानामा लब्स्टर र साल्सर माछा अवश्य समावेश गर्नुहोस्। यसमा भिटामिन बी–१२ र भिटामिन ई राम्रो मात्रामा पाइन्छ ।

च्याउ

च्याउ भिटामिन बी-१२ को राम्रो स्रोत हो। यसमा भिटामिन बी–१२ बाहेक प्रोटिन, क्याल्सियम र आइरन पनि पाइन्छ । यसलाई आफ्नो आहारमा समावेश गरेर, तपाई सो भिटामिनको कमीलाई हटाउन सक्नुहुन्छ। साथै यो स्वास्थ्य को लागी धेरै लाभदायक छ ।
थप पढनुहोस:

प्रतिक्रिया

सम्बन्धित खवर