सुर्खेत । कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आजको प्रदेश सभा बैठकबाट पास गर्ने गयारी छ ।

प्रदेश सभा बैठकमा प्रदेश मामिला समितिका सभापति कल्यानी खड्काले विधेक प्रस्तुुत गर्नेछिन् । उक्त विधेयक गत साउन ३२ गते सरकारका तर्फबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभा बैठकमा पेश गरेका थिए ।

विधेयक प्रदेश सभामा टेबल भएपछि आवश्यक छलफलका लागि प्रदेश मामिला समितिकामा गएको थियो । समितिले विधेयकलाई अन्तिमरुप दिएर आजको प्रदेश सभा बैठकमा प्रस्तुत गर्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विधेयकले सबै तहका कर्मचारीलाई समान बढुवाको व्यवस्था गरेको छ । तर कर्मचारीको स्तर वृद्धिमा भने चौथो तहका कर्मचारी बाहेक अरु कर्मचारीको स्तरवृद्धि हुने प्रावधान विधेयकमा गरिएको छ । जसले गर्दा विधेयक हुुवहुु पारित भए चौथो तहका कर्मचारी मारमा पर्ने एक कर्मचारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर