त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण (बायोडेटा) माग गरिएको छ।  त्रिविल‍े मंगलबार सूचना जारी गर्दै दुई पदका लागि व्यक्तिगत विवरण मागेको हो।

मंगलबार प्रकाशित सूचनामा भनिएको छ-‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमशः त्रि.वि. ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरुलाई यो सूचना प्रकाशित भएको मितिबाट सात (७) दिन भित्र आफ्नो बायोडाटा त्रि. वि. उपकुलपतिको ईमेल ठेगाना vc@tu.edu.np मा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु ।’

तत्कालीन शिक्षाध्यक्ष (रेक्टर) शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि गत कात्तिकदेखि सो पद रिक्त थियो । रजिष्ट्रार रहेका पेशल दाहालको कार्यकाल सकिएपछि पनि मंसिरदेखि उक्त पद पनि खाली छ।

यसअघि सो पदका लागि सहप्राध्यपक योग्य हुने प्रावधान रहेको भएपनि यो सूचनामा भने प्राध्यापक भएको हुनुपर्ने उल्लेख गरिएको छ । भरखरै नियुक्त उपकुलपति केशरजंग बरालले भने त्रिविमा शिक्षाध्यक्ष र राजिष्ट्रार हुन कम्तीमा प्राध्यापक चाहिने कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर