काठमाडौंको बौद्धमा गोली चलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको बताइएको छ ।
३ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।