फिल्म ‘डिग्री माइला’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ । हलले फिल्मफाई उच्च शो दिएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ । देशको ठुलो हल चेन क्यूएफएक्सले ५८ शो दिएको छ । यसमा अझ शो सङ्ख्या थपिने अनुमान छ ।
हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बिहीबारसम्म यो सङ्ख्या अझ बढ्ने देखिन्छ । वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेका छन् । फिल्ममा दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका छ ।










