इन्फ्लुएन्जा (Influenza) श्वासप्रश्वाससम्बन्धी अत्याधिक संक्रामक रोग हो जुन इन्फ्लुएन्जा भाइरसको कारणले गर्दा हुन्छ। मानव इन्फ्लुएन्जा भाइरसका दुई मुख्य प्रजाती हुन्छन्: ए र बी। यसका धेरै उप-प्रजाती र स्ट्रेनहरू पनि हुन्छन्। सामान्य रुघाखोकीभन्दा फ्लू बढी घातक हुन्छ र गम्भीर अवस्थामा यसले गर्दा श्वासप्रश्वासका समस्याहरू र निमोनिया हुन सक्छ। न्यू साउथ वेल्स   मा मानिसहरु फ्लूसँग सम्बन्धित बिमारीहरूबाट मर्न सक्छन्।

फ्लू वर्षैभरि हुन सक्छ । फ्लू हुने अधिकांश समय वा ऋतुमा त्यसको (फ्लूको) एक भन्दा बढी स्ट्रेनहरू समुदायमा व्याप्त हुन्छन्।

फ्लूबाट संक्रमित भएका व्यक्तिहरूले अक्सर निम्न मध्येका केही वा सबै लक्षणहरू अनुभव गर्छन्:

  • ज्वरो र चिसोपन
  • खोकी लाग्ने, घाँटी दुख्ने र नाक बग्ने वा नाक बन्द हुने
  • मांसपेशी दुख्ने, जोर्नी दुख्ने, टाउको दुख्ने र थकान हुने (अत्याधिक थकान महसुस हुने)
  • वाकवाकी लाग्ने, वान्ता हुने र पखाला लाग्ने (वयस्कको तुलनामा बालबालिकामा यी लक्षण बढी देखिने)

फ्लूका लक्षणहरु एक हप्ता भन्दा बढी समयसम्म रहन सक्छ । पहिलेनै संक्रमित भइसकेका वा खोपका कारण प्रतिरक्षा प्रणाली विकास भएका कतिपय मानिसहरुमा फ्लूका सामान्य लक्षणहरु केही दिनका लागि मात्र देखिन्छ। अन्य व्यक्तिहरुलाई भने फ्लूले गम्भीर बिरामी बनाउनुका साथै उनीहरुमा फोक्सोको संक्रमण (निमोनिया) वा श्वासप्रश्वासमा कठिनाई लगायतका जटिलता निम्त्याएर अस्पताल भर्ना हुन बाध्य पार्छ। यी जटिलताहरु जो कोहीमा पनि हुन सक्छ तर गम्भीर रोगको उच्च जोखिममा रहेकाहरुमा यसको सम्भावना अधिक रहन्छ।

रुघाखोकी लागेका व्यक्तिहरूले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थुकको थोपाबाट फ्लू सर्छ। संक्रमित व्यक्तिबाट भाइरसयुक्त थुकको थोपा खसेको सतह वा वस्तुलाई छुँदा पनि यो सर्न सक्छ। इन्फ्लुएन्जा भएका व्यक्तिहरू बिरामी हुनुअघि र बिरामी हुँदा पनि फ्लू अरूलाई सार्न सक्छन्।

फ्लू भएको पुष्टि गर्ने एक मात्र उपाय भनेको पि.सी.आर. (नाक र घाँटीको स्वाब) परीक्षण गर्नु हो।

इन्फ्लुएन्जाको लागि पि.सी.आर. परीक्षण गर्न तपाईंलाई सिफारिस आवश्यक छ छैन पत्ता लगाउन आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस्। फ्लुबाट हुने गम्भीर रोगको उच्च जोखिममा रहेका मानिसहरुका लागि एन्टिभाइरल उपचारहरु उपलब्ध छन् ।

  • फ्लू भएका व्यक्तिहरू लक्षणहरू देखिन शुरू हुनुभन्दा अघिल्लो दिनदेखि नै संक्रामक हुन सक्छन्
  • वयस्कहरू बिरामी भएको पहिलो ३ देखि ५ दिनमा सबैभन्दा बढी संक्रामक हुन्छन्।
  • बालबालिकाहरू ७ देखि १० दिनसम्म संक्रमित रहन सक्छन्।
  • साना बालबालिकाहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू लामो समयसम्म संक्रामक हुन सक्छन्।
  • फ्लू जसकसैलाई लाग्न सक्ने भएतापनि केही व्यक्तिहरू गम्भीर रोगको उच्च जोखिममा हुन्छन् (फ्लूबाट धेरै बिरामी हुने अधिक सम्भावना र अस्पतालको हेरचाहको आवश्यकताको पर्ने उच्च जोखिममा हुन सक्छन्)

    ५ वर्षभन्दा कम उमेरका शिशु र बालबालिकाहरू , ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू,एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरू, गर्भावस्थाको कुनै पनि चरणमा रहेका गर्भवती महिलाहरू उच्च जोखिममा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर