त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने भएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले तालाबन्दीका कारण काम गर्न समस्या भएको भन्दै तालाबन्दीमुक्त विश्वविद्यालय बनाउन पहल थालेका हुन् ।

सूचना अधिकारी दाहालका अनुसार यसअघि विद्यार्थी संगठनहरूसँग गरिएको प्रतिबद्धता स्मरण गराउने र उनीहरूलाई तालाबन्दी नगर्न अनुरोध गरिने बताए । त्यसका लागि उपकुलपति कार्यालयबाट तयारी भइरहेको उनको भनाइ छ ।

आवश्यक परेको खण्डमा प्रहरी प्रशासनबाट बल प्रयोग गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि पनि उपकुलपति बराल तयार छन् । उनले सुरक्षा निकाय तथा गृह प्रशासनसँग समेत छलफल थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर