हाल देशभर माैसममा बदली देखिएकाे छ । आइतबार देखि काठमाडाैं उपतयका लगायतका देशका केहि स्थानमा छिटपुट वर्षा भइरहेकाे छ । यद्धपी बेलुकी हावा हुरी चल्ने पनि गरेकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । विभागका अनुसार मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली हुने विभागले जनाएकाे छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले मंगलबार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको जानकारी दिएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राती देशभर आंशिक बदली हुने विभागले जनाएकाे छ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको पुर्वानुमान गरिएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।