अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पछिल्लो सुपरहिट फिल्म ‘महाजात्रा’बाट सफलताको स्वाद चाख्न व्यस्त छन् । फिल्ममा यी दुईको अभिनयलाई खुबै रुचाइयो ।

फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ समेत गर्‍यो । ‘महाजात्रा’ले घरेलु केही हलमा शनिबार ५१ दिन मनाइरहँदा विपिन र वर्षाले सोही दिनदेखि अमेरिकामा आगामी फिल्म ‘तेलभिसा’को छायांकन थालेका छन् ।

मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट सुरु छायांकनको निर्देशन शंकर घिमिरेले गरिरहेका छन् । सुसन प्रजापतिले छायांकन गरिरहेको यो फिल्मको शुभसाइत शुक्रबार गरिएको थियो । लगत्तै छायांकन सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर