आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ। उद्घाटन खेलमा क्यानडा र अमेरिकाले खेलेका छन्।

आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ। उद्घाटन खेलमा क्यानडा र अमेरिकाले खेलेका छन्।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा भएको पहिलो खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ गरेको छ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन्। अमेरिका आयोजक हुँदा सिधै छनोट भएको हो भने क्यानडा छनोट खेल जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो।

समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन्। समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर