आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार दुई टेस्ट राष्ट्र श्रीलंका र दक्षिण अफ्रिका आपसमा भिड्दै छन् । उक्त खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

विश्वकपको नवौँ संस्करण दुई टेस्ट राष्ट्र आपसमा भिड्न लागेको यो पहिलो पटक हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र श्रीलंका आठौँ स्थानमा रहेका छन् ।

श्रीलंका र दक्षिण अफ्रिका दुवैले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । उपलब्धिको हिसाबले टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको तुलनामा श्रीलंकालाई सफल टोली मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर