
आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दैछ।
समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो।
अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरू हुनेछ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन्। नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ। यी दुई खेल अमेरिकामा हुनेछन्।
नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ। जसअन्तर्गत १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ।