स्थानीय वायु सक्रिय हुँदा काठमाडौं सहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको छ। वर्षा भएपछि गर्मीबाट पनि राहत मिलेको छ।
दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको हो। अहिले काठमाडौं उपत्यका लगायत मकवानपुर आसपास वर्षा भइरहेको छ। मधेसका बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ।
मनसुनी वायु भने भारतको सिक्किम आसपास आइपुगेको छ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।










