
बलिउड अभिनेता वरुण धवन बुवा बनेका छन् । पत्नी नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो ।
वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक संजालमार्फत जानकारी दिएका छन् । नताशा र वरुण पहिलो पटक आमाबाबु बनेका हुन् । हजुरबुबा बनेपछि डेभिड धवन पनि खुसी छन् ।
आफूहरु आमाबाबु बनेपछि वरुण र नताशा खुसी छन् । धवन परिवारले यतिबेला घरमा राजकुमारीको जन्म भएपनि हर्षोल्लास मनाइरहेको छ । यो खबरले वरुणका फ्यान पनि खुसी छन् ।
फ्यानले सामाजिक सञ्जालमा वरुणलाई पिता बनेकोमा बधाई दिइरहेका छन् । एक फ्यान लेख्छन्- ‘छोरी जन्मेकोमा बधाई छ ।’ बलिउड निर्माता करण जोहरसहित सेलिब्रेटीले वरुण दम्पतीलाई बधाई समेत दिइरहेका छन् ।
वरुण-नताशाले छोरीको अनुहार कहिले सार्वजनिक गर्लान भन्ने पर्खाइमा यतिबेला फ्यान छन् । उनीहरुले २४ जनवरी २०२१ मा विवाह गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेका हुन् ।