गर्मी बढे सगै डेंगु सङ्क्रमण पनि बढिरहेको छ । काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु फेला परेको छ ।
मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।










