भारतमा फिल्मको रिलिज मितिलाई लिएर विभिन्न हलचल मच्चिरहेका हुन्छन् । बलिउडदेखि साउथसम्मका धेरै फिल्मको रिलिज मिति घोषणा भइसकेको छ भने कतिपय स्थगित समेत भएका छन् ।

आगामी भारतीय स्वतन्त्रता दिवस र दिवाली (तिहार)मा रिलिज हुने फिल्मको लाइन लामो छ । त्यसपछि क्रिसमस पनि निर्माताको रोजाइमा पर्ने समय हो ।

क्रिसमसमा अक्षय कुमार र आमिर खान आमनेसामने हुने लगभग तय भएको थियो । तर अब उक्त मितिमा अक्षय कुमार स्टारर ‘वेल्कम ३’ नआउने भएको छ । काम पूरा नभइसकेकाले फिल्म रिलिजमा ढिलाइ हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘वेलकम ३’ नआएमा क्रिसमसमा आमिर खानको ‘सितारे जमीन पर’ सोलो रिलिज हुनेछ । ‘वेलकम’ फ्रेन्चाइजीको तेस्रो शृंखला रुपमा ‘वेलकम टु द जंगल’ निर्माण भइरहेको हो । अहमद खानको निर्देशन रहेको यो फिल्मको पहिलो शृंखला सन् २००७ मा रिलिज भएको थियो भने सन् २०१५ म ‘वेलकम ब्याक’ शीर्षकमा सिक्वेल आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर