फिल्म ‘वर एण्ड बधु’को भदौको १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले वितरकसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो । निर्देशक मिलन चाम्सले फिल्म भदौको १४ मा देशभर रिलिज हुने जानकारी दिए ।

फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर