काठमाडौं, पेट्रोल पम्पले तोकिएको मापदण्ड बमोजिम तेल दिँदैनन् भन्ने गुनासो नयाँ होइन । यही गुनासो मेट्न नेपाल आयल निगमले सबै पेट्रोल पम्पलाई डिजिटल मेसिन राख्न अनिवार्य गरेको छ । तर उपभोक्ता ठगिने क्रम भने रोकिएको छैन । हेलो सरकारमार्फत गुनासो आएपछि निस्केको संयुक्त अनुगमन टोलीले काठमाडौंकै दुई पम्प सिल गरेको छ ।

पेट्रोल पम्पहरुले कम तेल बेचेको भन्दै उपभोक्ताहरुले हेलो सरकारमार्फत गुनासो गरेपछि अनुगमनमा निस्केको संयुक्त अनुगमन टोलीले दुई दिनमा दुई वटा पेट्रोल पम्प सिल गरेको छ । टोलीले ६ वटा पम्पका डेढ दर्जनभन्दा बढी नोजलमा गरेको परीक्षणमा अधिकंश पम्पले केही न केही कम परिमाणमा तेल दिने गरेको पाइएको छ । डिजिटल मेसिनमै आफूहरु ठगिएको उपभोक्ताको गुनासो छ ।
प्रधानन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर नापतौल विभागको संयुक्त अनुगमन टोलीले मंगलबार तीनकुने गैरीगाउँस्थित भ्याली बाबा सप्लायर्स र बुधबार स्वयम्भूस्थित सशस्त्र प्रहरी बलले सन्चालन गरेको हल्चोक फ्युल स्टेसनको पम्प सिल गरेको छ । दुवै पम्पले तोकिएको परिमाणभन्दा कम तेल दिएको पाइएपछि सिल गरिएको हो ।

हरेक पम्पले नेपाल आयल निगमको लोगोमुनि रहेर पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन् । तर पम्पहरुले परिमाणमै गर्ने ठगीको अनुगमन गर्ने अधिकार भने आफूलाई नभएको आयल निगमको दाबी छ । गुणस्तर मात्रै आफ्नो जिम्मेवारीमा पर्ने निगमको तर्क छ ।

प्रति ५ लिटरमा १५ मिलिलिटर र प्रति १० लिटरमा २५ मिलिलिटरसम्म कम परिमाणमा तेल भेटिए स्वीकार्य हुन्छ । तर सिल गरिएका पम्पमा भने २० देखि २५ मिलिलिटर कम भेटिएको हो ।

डिजिटल पम्प नापतौल विभागले प्रमाणित गरेपछि मात्रै सञ्चालनमा आउाछन् । तर, विभागले प्रमाणित गरेकै पम्पबाट उपभोक्ता ठगिने गरेका छन् । हलचोक फ्युल स्टेसनले ५ दिन अघिमात्रै नापतौल विभागबाट पम्पको गुणस्तर परीक्षण गराएको थियो । तर एक साता नबित्दै सोही पम्पबाट उपभोक्ता ठगिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर