गाजाको स्वास्थ्य मन्त्रालयले फेरि इजरायलमाथि आरोप लगाएको छ

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अशरफ अल कुद्राले यस विस्फोटको लागि इजरायललाई फेरि जिम्मेवार ठहराएका छन्।

इजरायलले गाजामा बमबारी गर्न थालेदेखि अहिलेसम्म ३ हजार ४ सय ७८ जनाको मृत्यु भएको र १२ हजार ६५ जना घाइते भएको उनले बताए ।
इजरायलले अस्पताल विष्फोटमा संलग्नता अस्वीकार गरेको छ ।इजरायली सेनाले भन्यो कि जमीनी गुप्तचर र अवरोधित संचारले अस्पतालमा विष्फोट प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित चरमपन्थीहरूले प्रहार गरेको रकेटको विफलताका कारण भएको संकेत गर्दछ।मङ्गलबार गाजाको अल अहली अस्पतालमा भएको विस्फोटपछि बाँचेकाहरूले जे भनेका छन् त्यो हृदयविदारक छ।

अस्पतालका अर्थोपेडिक विभागका प्रमुख फदेल नइमले भनेअनुसार विष्फोटपछि उनले अस्पताल वरिपरि विकृत शव र घाइतेहरू देखे।उनले समाचार एजेन्सी रोयटर्सलाई भने, “मानिसहरू शल्यक्रिया विभागतर्फ दौडिरहेका थिए र हामीलाई बचाऊ, हामीलाई बचाऊ भनेर चिच्याइरहेका थिए। अस्पताल भित्र कैयौं मानिस मारिए र घाइते भए।”

उनले भने, “बाँच्न सक्नेलाई हामीले बचाउने प्रयास गर्‍यौं, तर सङ्ख्या यति धेरै थियो कि अस्पतालको टोलीले त्यसको सामना गर्न अपर्याप्त थियो। हामीले उनीहरूलाई जिउँदै देख्यौं तर मद्दत गर्न सकेनौं।”

गाजा निवासी अदनान अल-नाकाले एएफपी समाचार एजेन्सीलाई भने, “पूरै ठाउँ जलिरहेको थियो। जताततै मृत शरीर छरपष्ट थियो – बालबालिका, महिला र वृद्धवृद्धाको ।”

विस्फोट हुँदा फातिमा सइद अस्पतालमा थिइन् । उनले आगोको “ताप” महसुस गर्न सक्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर