“आवश्यक्तामा रगत” Blood For Need संस्थाले स्थापना दिवस  मनाएको छ । ”आज अरुलाई भोलि आफ्नालाई” भन्ने मूल नाराका साथ यो संस्था स्थापना गरिएको हो । विगत १ बर्ष देखि यो संस्थाले रगतको क्षेत्रमा अमुल्य योगदान पुराएको छ जस्तै: रगतको आवश्यक्तामा परेका बिमारीको लागि रगत व्यवस्थापन ,रक्तसंचार केन्द्रमा रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम र साथै देशका विभिन्न स्थान हरुमा रहेका स्कुल कलेज तथा विभिन्न स्थान हरुमा रक्तदान सम्बन्धि सचेतना कार्यक्रम हरु जस्ता जस्ता कार्यक्रम हरु गर्दै आएका छन् । यस एक बर्ष अवधिमा यस संस्थाले लगवग १३०० बिमारी लाई रगत व्यवस्थापन गरेका छन्  । २००० भन्दा धेरै रक्तदाताहरुलाई रक्तदान गर्नमा सहजीकरण गरेको छ ।  संस्थाले ४० ओटा रक्तदान कार्यक्रम, २५ वटा रक्तदान सचेतना कार्यक्रम र एउटा स्वास्थ्य शिविर को आयोजना गरेको,  संस्थाका केन्द्रिय सचिव  भावना के.सीले बताइन ।

संस्थाका केन्द्रीय अधक्ष्य  सुनिल महर्जन भन्छन् “ यस संस्थामा मा जम्मा ७ ओटा जिल्ला शाखा र १०० जना भन्दा धेरै स्वयंसेवक हरुले निस्वार्थ सेवा गरिरहनुभएको छ भने यस संस्थाको आगामी योजना अन्तर्गत नेपालमा भएका रगतको अवाभ्लाई न्यूनीकरण गर्ने, रक्तसंचार केन्द्र अनुसार रगतको शुल्कको बेतिथिलाई एकरुपता गराउने पहल र देशका हरेक जिल्लामा शाखा खोलि रक्तदान सम्बन्धि जनचेतना गर्नुका साथै रक्तदान गर्न जागरुकता गराउने जस्ता योजना समाबेश गर्नु भएको छ। सम्पूर्ण रक्तदाताहरुलाई आग्रह ३-३ महिनमा रक्तदान गर्ने बनि बसाली रगत अवाभलाई न्यूनीकरण गर्न सहयोग गर्न अनुरोध गर्दछु। ”
विगत १ बर्ष देखि निरन्तर रगतको क्षेत्रमा अमुल्य योगदान पुर्याउँदै आएको संस्था हो Blood For Need – आवश्यकतामा रगत । “आज अरुका लागि भोलि आफ्ना” भन्ने मूल नाराका साथ स्थापना गरिएको यस संस्थाले यही श्रावण १० गते आफ्नो पहिलो स्थापना दिवस मनाएको हो।

स्थापना दिवस मनाउने क्रममा संस्थाको  शाखाहरुमा विभिन्न कार्यक्रम गर्यो ।

भ्याली शाखा
मिति २०८१ श्रावण ७ गते, सोमबारका दिन Himal blood transfusion center संगको प्रविधिक सहकार्य साथै युथ फर नेसन टिम, महायज्ञ आयोजक समितिको सहयोगमा पशुपतिनाथ क्षेत्र परिसरमा रक्तदान कार्यक्रम आयोजन गरि जम्मा २७ पिन्ट रगत संकलन गरी संस्थाको थियो ।
दाङ शाखा
मिति २०८१ श्राषण १० गते, विहिबारका दिन दाङकाे नारायणपुरसथित मानव सेवा घरमा एक कार्यक्रम गरी मनाएकाे छ । सेवा घरमा आश्रय लिइरहेका मानिसलाई खिर खुवाएर संस्थाको पहिलो स्थापना दिवस मनाइएको छ ।
धनुषा शाखा
मिति २०८१ श्राषण १० गते, विहिबारका दिनमा जनकपुरधाम स्थित जनक चोक परिसरमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी संस्थाको पहिलो स्थापना दिवस मनाइएको छ ।
सुनसरी शाखा
मिति २०८१ श्रावण १० गते, विहिबारका दिन नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएको हुँदा उक्त रक्तसंचार केन्द्रको सहकार्यमा धरानका विभिन्न स्थानहरुमा घुम्ती रक्तदान कार्यक्रम आयोजना गरी जम्मा ४५ पिन्ट रगत संकलन गरि संस्थाको पहिलो स्थापना दिवस मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर