दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ।

भारतीय सञ्चारमाध्यम द इन्डियन एक्प्रेसका अनुसार फिल्मले घरेलु बक्स अफिसमा ४१ दिनमा ६४० करोड ३० लाख भारू कमाएको छ।

योसँगै ‘कल्की २८९८ एडी’ ले शाहरूख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको छ। ‘जवान’ ले ४१ दिनमा ६४० करोड २५ लाख भारू कमाएको थियो।

३०० करोड बजेटमा बनेको फिल्म ‘जवान’ ले विश्वभरबाट ११४८ करोड ३२ लाख भारू कमाएको थियो भने ६०० करोड बजेटमा बनेको फिल्म ‘कल्की २८९८ एडी’ ले ११०० करोड भारू कमाएको छ।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर