फिल्म महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र भष्मे डन धेरै कमाउने फिल्मको रूपमा पुरस्कृत भएका छन् ।

मुलुकको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आर्थिक वर्ष २०८०र२०८१ मा आफ्नो हलमा धेरै व्यवसाय गर्ने फिल्मका रूपमा यी ५ फिल्मलाई  सम्मान गरेको हो । यी फिल्म टिकट बिक्रीका आधारमा धेरै कमाउने फिल्म बनेका हुन् ।

आइतबार अबेर साँझ होटेल सोल्टीमा आयोजित एक कार्यक्रममा क्यूएफएक्सले विज्ञापनमा योगदान दिने तीन विज्ञापन एजेन्सीलाई समेत अवार्ड दिएको थियो । जसमा  जसमा एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसन रहेका छन् ।

कार्यक्रममा उदाहरणीय कार्य गरेको भन्दै फिल्म ‘बोक्सीको घर’ले अवार्ड बुझ्दा धेरै कमाइ गर्ने फिल्मका ५ वितरण कम्पनीलाई पनि अवार्ड प्रदान दिइएको थियो । ती वितरकमा एप्पल इन्टटेनमेन्ट, ए–एट् डिष्ट्रिब्युसन, ब्यांकटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी र डीसीएन रहेका छन् ।

विजेता सबैलाई क्वेस्ट इन्टरटेनमेन्टका निर्देशकहरु नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्दिले अवार्ड दिएका थिए । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका क्यूएफएक्स फ्रेन्चाइजका साझेदार र कलाकारलाई समेत अवार्ड बाँडिएको थियो ।

क्यूएफएक्सकी प्रबन्धक तृप्ति गिरीले दुई दशकभन्दा बढी समयदेखि क्यूएफएक्सले फिल्ममार्फत नेपाली समाजलाई मनोरञ्जन दिएको बताइन् । देशभर अहिले क्यूएफएक्सका १७ हलमा ४० पर्दा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर