
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मन भावुक बन्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति नै हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक धनलाभ हुनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।