रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।

१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको जानकारी दिए ।

उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर