आइरन हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व हो, जसले शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन र हेमोग्लोबिन (रातो रक्तकोषिकाहरुमा पाइने एक प्रकारको प्रोटिन) बनाउन मद्दत गर्छ । हेमोग्लोबिनले फोक्सोको माध्यमबाट शरीरका अन्य भागमा अक्सिजन पुर्याउने काम गर्छ । तर यदि हाम्रो शरीरमा रगतको कमी भयो भने हामीले धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।
शरीरमा आइरनको कमीका कारण रातो रक्तकोषिकाहरु ठीकसँग बन्न सक्दैनन् । जसकारण मानिसलाई कमजोरी र थकान पनि लाग्न थाल्छ । यति मात्र होइन, यदि आइरनको कमीलाई बेवास्ता गरियो भने यसले गम्भीर समस्या पनि निम्त्याउन सक्छ । तपाई प्रायः थकित र सास फेर्न गाह्रो भएको महसुस गर्नु हुन्छ वा तपाइँको छाला सुख्खा भएको लाग्छ यदि त्यसो हो भने, तपाइँको रगतमा आइरनको कमी हुन सक्छ, आइरनको कमी विश्वकै सबैभन्दा सामान्य पोषण समस्याहरू मध्ये एक हो।
शरीरमा आइरनको कमी हुँदा देखिने लक्षण
थकान महसुस हुने