मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छन् । बुधबार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उनले उपाधि चुमिन् ।
आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी विजेतालाई ताज पहिराइदिइन् । जितसँगै घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
स्मृति सिंह फस्ट रनरअप, अक्सिता क्षेत्री सेकेण्ड रनरअप, करिभिना इभा थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भए ।