आजबाट १६ श्राद्ध सुरु भएको छ।  १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष भनिन्छ ।

श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल  पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।

यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औंसी)सम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।

पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरू सँग क्षमा माग्ने पर्व हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् ।

जसलाई  पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर