आइतबार सेयर बजार परिसूचक ११.५८ अंकले बढेको छ । आइतबार नेप्से उच्च विन्दु २६४२ सम्म पुगेको थियो ।

कारोबार बन्द हुँदा परिसूचक २५८८ बिन्दुमा पुगेको छ । यसअघिका तीन कारोबार दिनमा सेयर बजार लगातार घटेको थियो ।

आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

९४ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् ।

आइतबार कुल ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर