साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ११.५८ अंक बढेर २५८८.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १९.५० अंक बढेर २६०७.८५ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६१ स्टकको ८५ पटकको कारोबारमा ११ लाख ८२ हजार ७७८ रुपैयाँ ४० पैसाबराबरको २ हजार ६३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर