साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
आज बजारमा गिरावट आउँदा गुडविल फाइनान्स, सम्वृद्धि फाइनान्स, एनआएसी एशिया फ्लेक्सी क्याप र इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।










