बुधबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

मंगलबार तोलाको १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर