बिहीबारदेखिको वर्षाका कारण काठमाडौँका विभिन्न स्थान डुबानमा परेका छन् ।

शनिबार  बागमती नदी जलसतहले सतर्कता खतरा तह पार गरेको छ भने नदी किनार क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ ।

बाढी पदा नदी किनारका घर तथा व्यवसायमा क्षति भएको छ भने युएनपार्कस्थित काठमाडौँ र ललितपुर जोड्ने एक पुल समेत बगेको छ । यसैबीच बाढीले बल्खु क्षेत्र जलमग्न भएको छ ।

विष्णुमतीको बाढी समेत मिसिएपछि बल्खु क्षेत्रमा भीषण बाढी देखिएको हो । कलंकी क्षेत्र डुबानमा परेको छ ।

अविरल वर्षासँगै कलंकी क्षेत्रमा डुबानको समस्या देखिएको हो । कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

यसैगरी त्यहाँको प्रहरी कार्यालयसमेत डुबानमा परेको छ । वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ ।

काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ । काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो

प्रतिक्रिया

सम्बन्धित खवर