साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।आज बजार २२.३६ अंकले घटेर २४६४.४० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।
आज अपर स्याङ्गे हाइड्रोपावर, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, अपर हेवाखोला हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, पाँथथर पावर कम्पनीलगायतको सेयर मूल्य घटेको छ ।