नेपालीहरूको चाड दसैंको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ।

सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन्। दसैं खोकनाबाट सुरू हुने विश्वास रहे पनि  परम्परागत रूपमा यहाँ दसैं भने मनाइँदैन।

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलबार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो। सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन्।

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ।

यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन्।

खोकनावासी दसैं मनाउँदैनन्। यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर