साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दुई दिन दोहोरो अंकले बढेको बजारमा आज गिरावट आएको हो । आज बजार २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

आजबजारमा गिरावट आउँदा इष्टर्न हाइड्रोपावरको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.५० प्रतिशतले घटेको छ । त्यसैगरी, बुद्धभुमी नेपाल हाइड्रोपावर, नेपाल फाइनान्सको, बोतलर्स नेपाल(तराई) लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर