नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् ।
शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् ।
सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् ।
सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेपछि आफूले रेस एकदमै इन्जोए गरेको प्रतिक्रिया दिइन् । ‘धेरै राम्रो भयो । ट्रेल अमेजिङ थियो । मैले रेस एकदम इन्जोए गरें । धेरै समर्थकहरु चियर गरिरहेका थिए । म एकदमै खुशी छु ।’










