स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला  २० वृद्धि भएको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने  दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर