साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज बजार २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा कायम भएको छ । आज बजारमा बढोत्तरी आउँदा जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो । सबै सेक्टरका सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो । २१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे ।
जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ९.५४, मेन्छियाम हाइड्रोपावरको ९.१३, मायाखोला हाइड्रोपावरको ६.९९, प्रोग्रेसिभ फाइनान्सको ६.६२ तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशत बढ्यो । पाँचथर पावरको मूल्य ६.०२ प्रतिशत घट्यो ।
कालिन्चोक दर्शनको ४.३५, समृद्धि फाइनान्सको ३.९६, विन नेपाल लघुवित्तको २.८९, एसबीआई बैंकको २.६३ प्रतिशत मूल्य घट्यो ।