निर्माता रितेश सिधवानी र एक्सेल इन्टरटेनमेन्टका फरहान अख्तर भन्छन्, ‘यो हाम्रो लागि ठूलो कोसेढुंगा हो, किनभने हामीले हाम्रा दर्शकका लागि मिर्जापुरको विशेष अनुभव फिर्ता ल्याएका छौं, तर यस पटक ठूलो पर्दामा ।
लोकप्रिय श्रृंखलाले यसको शक्तिशाली कथावस्तु, कालिन भैया, गुड्डु भैया र मुन्ना भैया जस्ता यादगार पात्रले दर्शकको मन जितेको छ । यो लोकप्रिय श्रृंखलालार्ई फिल्ममा परिणत गर्दा दर्शकलाई मिर्जापुरको संसारलाई नयाँ ढंगले अनुभव गर्ने अवसर प्रदान गर्दै हेर्न थप रमाइलो बनाउने विश्वास लिएको छु ।’