भारतीय टिभी उद्योगको चर्चित जासुसी शो सीआईडीको पुनरागमन हुँदैछ । यो शोले विगत २० वर्षदेखि दर्शकको मन जित्दै आइरहेको छ ।

६ वर्षपछि शो नयाँ सिजनका साथ फर्किदैंछ । नोभेम्बर १२ बाट हुनेछ मुम्बईमा सुटिङ सुरुनयाँ सिजनको सुटिङ नोभेम्बर १२ बाट मुम्बईमा सुरु हुँदैछ । । यसपटक टिमले मुम्बईका विभिन्न ठाउँमा सुटिङ गर्नेछ ।

च्यानलले पहिलो एपिसोड डिसेम्बरको मध्यमा प्रसारण गर्ने निर्णय गरेको छ । यस सिजनमा करिब ६० एपिसोड बनाइनेछ । यी एपिसोडहरू प्रत्येक हप्ता दुई पटक सप्ताहान्तमा शनिवार र आइतबार प्रसारण हुनेछन् ।

टोलीले मुम्बईका खास ठाउँ, पार्क र बजारमा सुटिङ गर्नेछ । यस पटक शोमा नयाँ पात्र, नयाँ कथा र रोचक ट्विस्ट देखाइनेछ  । निर्माता दर्शकलाई दोब्बर मनोरञ्जन दिन चाहन्छन् ।याँ सिजनको कथामा, अभिजित (आदित्य श्रीवास्तव) र दया (दयानन्द शेट्टी) एकअर्काका कट्टर दुश्मन बनेका छन् ।

नयाँ प्रोमो अनुसार उनीहरुबिचको सम्बन्ध बिग्रिएको छ । सीआइडीको जग नै हल्लिएको छ । एसीपी प्रद्युम्न (शिवाजी साटम) को संसार पूरै फेरिएको छ । सीआईडी सोनी टिभीमा सन् १९९८ मा सुरु भएको थियो । सन् २०१८ सम्म यो शो निरन्तर चल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर