काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् ।

नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर