
शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ६४ हजार रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँमा झरेको छ ।