धितोपत्र बोर्ड अध्यक्षका तीनै जना उम्मेदवार आइतबारको अन्तर्वार्तामा उपस्थित भएका छन्।
अहिले उमेदवारहरूसँग अन्तरवार्ता लिने काम भइरहेको छ।
सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्की अहिले बोर्ड अध्यक्षको अन्तरवार्तामा सहभागी भएका हुन्।
आइतबार बिहान उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको थियो।
अध्यक्ष पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये तीन जना अनुपिस्थत रहदै आएपछि यो प्रक्रिया लामो समयदेखि अड्किँदै आएको थियो।
धितोपत्र ऐनअनुसार अन्तिम सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने व्यवस्था छ।
त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन्।
सरकारले बोर्ड अध्यक्ष छान्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थसचिव कृष्णहरि पुस्करसहित उदय निरौला छन्।
बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि सो पद रिक्त छ।
करिब एक वर्षदेखि धितोपत्र बोर्डको अध्यक्षको पद रिक्त छ। हाल अर्थमन्त्रायबाट गएको प्रतिनीधिले यो जिम्मेवारीमा काम गर्दै आएका छन्।










